
परासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले धान खेती गर्ने किसानलाई उपकरणदेखि जैविक मल र किटनाशक औषधि वितरण गरेको छ ।
धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं. ४ का किसानलाई अनुदानमा उक्त सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताउनुभयाे। धान खेतीलाई आधुनिकीकरण गरी उत्पादनमा वृद्धि गराउने उद्देश्यले सामाग्री वितरण गरिएको उहाँकाे भनाइ छ ।
कार्यक्रम अन्तर्गत उक्त वडामा १ सय ५० बिघा क्षेत्रफलमा धान खेती लगाइएको छ । ५ वटा समूहका किसानलाई उक्त सामाग्री वितरण गरिएको हो । ३०-३० बिघाका ५ वटा पकेट क्षेत्र बनाएर किसानहरुले धान खेती गर्दै आएका छन् ।
किसानलाई उपलब्ध गराएको सामाग्रीको मूल्य ३० लाख बराबरको रहेको कृषि शाखाका प्राविधिक सहायक विश्वनाथ यादवले बताउनुभयाे । जसमा १५ लाख गाउँपालिकाको हो । बाँकी रकम भने किसानले व्यहोर्ने छन् ।
धान खेतीबाट उक्त वडाका २ सय ५० घर परिवार लाभान्वित हुने भएका छन् । गाउँपालिकाका ८० प्रतिशत बढी स्थानीय कृषिमा आश्रित रहेकाे छन् ।
प्रतिक्रिया दिनुहोस्