
एजेन्सी । बलिउडका चर्चित गायक भूपिन्दर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ ।
गायक सिंहको निधन पश्चात बलिउडका थुप्रै कलाकारहरूले शोक व्यक्त गरेका छन् । गायक सिंहको सोमबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी लामो समयदेखि धेरै रोगसँग लडिरहेका थिए ।
गायक सिंहले धेरै बलिउडका फिल्ममा गीत गाएका छन् । उनको निधनले बलिउड अहिले शोकमा डुबेको छ । उनको निधनमा अभिनेत्रीदेखि अभिनेतासम्म सबैले शोक व्यक्त गरेका छन् । कोही गायक सिंहसँग बिताएका पुराना दिन सम्झिरहेका छन् भने कोही उनका पुराना गीत सम्झिरहेका छन् ।
गायक सिंहलाई सबैले आ–आफ्नो शैलीमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनको अन्तिम दाह संस्कार मंगलबार राति करिब साँढे १२ बजे मुम्बईको ओशिवरा शमशान गृहमा गरिने भएको छ । भारतीय फिल्म जगतले यो वर्ष धेरै गायक-गायिकाहरू गुमाएको छ ।
प्रतिक्रिया दिनुहोस्