१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनप्रतिनिधि र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन विराटनगर महानगरको आग्रह


78
Shares

काठमाडौं । विराटनगर महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न आग्रह गरेको छ ।

कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम र निर्वाचित जनप्रतिनिधिलाई आफ्नो सम्पत्ति विवरण पेस गर्न महानगरले सूचना जारी गरेको हो ।

कर्मचारीले आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन फाराम यही साउन ७ गतेसम्म दर्ता गराई प्रशासन शाखामा बुझाउनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले २०७९ भदौ १० गतेसम्म सम्पत्ति विवरण फाराम भरेर बुझाउनुपर्ने छ । निर्वाचित भएपछि जनप्रतिनिधिले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी प्रावधान छ ।

जनप्रतिनिधिले सरकारले तोकबमोजिमको पारिश्रमिक, बैठक भत्ता, सवारीसाधन, इन्धन र अरु सरकारी सुविधा लिने गरेका छन् । विराटनगर महानगरमा एक प्रमुख, एक उपप्रमुख, १९ वडामा वडाध्यक्ष तथा सदस्य गरी प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको संख्या ९७ जना छ ।

तीन कार्यपालिकामा मनोनीत समेत गरी जनप्रतिनिधिको कुल संख्या १०० छ । यी सबै सदस्यले सरकारी सुविधा पाउँछन् । कार्यपालिकामा रहेका २९ मध्ये २७ सदस्यले वडाध्यक्षले पाउनेजत्तिकै सुविधा पाउने व्यवस्था छ ।