२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कपिलवस्तुमा ६० प्रतिशत रोपाइँ


104
Shares

कपिलवस्तु । कपिलवस्तुमा हालसम्म ६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष कम रोपाइँ भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ ।

यस वर्ष असारमा एक दुई पटक मात्र पानी परेकोले रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रवीन्द्र चौवेले बताउनुभयो ।

पछिल्लो एक महिनादेखि पानी नपरेपछि धान रोपेका खेत चिराचिरा परेर फुट्न थालको छ । मल अभावको मार झेल्दै रोपाइँ सकेका किसानहरु फेरी खडेरी हुँदा मर्कामा परेका छन् । धान रोप्न तयार भएको बिउ समेत सुकेको छ ।

गत वर्ष कपिलवस्तुमा असार १५ भन्दा पहिला नै अधिकांश खेतमा धान रोपिसकिएको थियो । आकाशे पानी नआएका कारण पम्प सेट वा नहरको पानी लगाएर धानको रोपाई गरी सकेका किसानलाई रोपाई पछि पानी पर्ला भन्ने आशा भए पनि पछिल्लो समयमा लामो समय देखी पानी नपरे पछि रोपिएको धान खेती नष्ट हुने भएको छ ।

रोपेका धान सुकेको र खेत चिराचिरा परेको बिजयनगरका कृषक कृष्ण आचार्यले बताउनुभयो ।

कतिपय खेतहररुमा पम्प सेटदेखि भूमिगत पानी निकालेर खडेरीले सुकेको खेतमा सिँचाइ गर्ने प्रयास गरिएको छ । खेत रोपाइँको समयमा जनतन रोपेका किसानहररुको खेत अहिले पानीको अभावमा धान पहेँलो हुन थाले पछि किसानहररु चिन्तित बनेका छन् । कपिलवस्तुमा कुल ७१ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ ।