१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रणबीर कपूर अभिनित ‘शमशेरा’ को अग्रिम टिकट बुकिङ सुरू


1.742k
Shares

एजेन्सी । भारतीय अभिनेता रणबीर कपूर अभिनित फिल्म ‘शमशेरा’ को अग्रिम टिकट बुकिङ सुरू भएको छ ।

२२ जुलाइमा रिलिज हुन लागेको फिल्मको अग्रिम टिकट बुकिङ सोमबारबाट सुरु भएको हो । अग्रिम टिकट बुकिङबाट एकदमै राम्रो प्रतिक्रिया आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नेपालमा पनि फिल्मको बुकिङ खुले पनि दर्शकले खासै रुचि देखाएका छैनन् । नेपालको सबैभन्दा ठूलो चेन क्यूएफएक्सले ४८ शो फिल्मका लागि दिएपनि अझैसम्म कुनै पनि शो बुकिङ भएका छैनन् ।

हालसम्म भारतभर करिब १३ हजार टिकट बिक्री भइसकेको फिल्मले १३ देखि १५ करोडसम्म ओपनिङ गर्नसक्ने भारतीय ट्रेड विश्लेषकको अनुमान छ । ट्रेलरले पाएको प्रशंसा र चर्चाका कारण पनि फिल्मले निकै राम्रो कमाइ गर्ने निर्माण पक्षको विश्वास छ ।

‘सञ्जु’ फिल्मपछि ४ वर्षको अन्तरालमा पुनः पर्दामा फर्किएका रनबीर फर्किएका हुन् । यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्ममा रणबीरसँगै बाणी कपूर र संजय दत्तको पनि मुख्य भूमिका छ ।

फिल्म ‘शमशेरा’ लाई यो वर्षको सबै भन्दा ठूलो हिन्दी फिल्मको रूपमा लिइएको छ । ‘शमशेरा’को मोसन पोष्टर सन् २०१८ मा रिलिज भए पनि कोरोना महामरीका कारण फिल्म रिलिजमा ढिलाइ भएको हो ।

फिल्म १ सय ५० करोडको लगानीमा बनेको हो ।