
बारा । बाराको पथलैया बजार श्रावण १ गतेबाट २४ घण्टा खुला भएको छ ।
होटल तथा पर्यटन व्यावसायी संघ, नाट्टा, लगायतका संघ संस्थाले व्यावसायीक प्रर्वद्धनका लागि स्थानीय सरकारलाई विगत ५ बर्षदेखि गरेको आग्रहलाई जितपुर सिमरा उपमहानगरको छैटौं नगर सभाले पथलैया बजार २४ सै घण्टा खुला रहने घोषणा गरेको हो ।
पथलैया—विरगंज औधोगिक करिडोरको मुख्य द्धारको रुपमा रहेको पथलैयामामा ७० प्रतिशत होटल, रिर्सोट, लज संचालनमा रहेका छन् साथै यातायात संग सम्बन्धित ढुवानी, ट्रान्सपोर्ट लगायतका व्यावसाय यहा संचालनमा रहेका छन् ।
रक्सौल, आदापुर, घोडासन, लगायतका स्थानबाट भारतियहरु पथलैया बजारसम्म आउने व्यावसायीहरु बताउछन् ।
२४ सै घण्टा खुला बजारको रुपमा पथलैयालाई उपमहानगरले गरेको घोषनाको स्वागत गर्दै नाटाका मधेश प्रदेश अध्यक्ष मोहन शर्माले स्वाद र बिसौनीको हबका स्पमा पथलैयाको व्यापार प्रर्वद्धन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले स्थानीय सरकारको निर्णयप्रति शान्ती सुरक्षा लगायतका बिषयमा प्रशासन सधै सहयोगी रहने बताउनुभयो । महेन्द्र राजमार्ग निर्माणको क्रममा वि.स. २०२१ सालमा स्थापना भएको पथलैया बजार राजमार्गसँगै जोडीएको नेपालकै पहिलो बजार हो ।
प्रतिक्रिया दिनुहोस्