२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


‘नेपहपको श्रीपेच’का विजेतालाई नयाँ श्रीपेच


390
Shares

काठमाडौं । र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई नयाँ श्रीपेच प्रदान गरिएको छ ।

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन)लाई नेपहपको श्रीपेच प्रदान गर्नुभएको हो ।

शोका जज समेत रहनुभएका मेयर साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गर्नुभएको छ ।

यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको छ ।

यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरूले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो । कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको फर्स्ट र्‍याप रियालिटी शो जित्न पाउँदा खुशी लागेको बताउनुभयो ।

यसअघि लगाएको श्रीपेच केही विवादका कारण नयाँ प्रदान गरिएको र मुकुट पाएकोमा खुशी लागेको बताउनुभयो ।

अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरूले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको आयोजकले जनाएको छ ।