६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दुबईमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याइयो


51.792k
Shares

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएर अलपत्र रहेका नेपालीको केही शव अभियन्ता दुर्गा प्रसाईको पहलमा स्वदेश ल्याइएको छ ।

विगत २ वर्ष अघि कामको सिलसिलामा दुबई पुगेका सन्तुमाया मगरको शव प्रसाईको पहलमा स्वदेश ल्याईएको हो ।

सुर्खेत निवासी सन्तुमायको २ महिना अघि दुबईमा मृत्यु भएर शव अलपत्र परेको थियो । शव ल्याउन सरकारसँग जति हार गुहार गर्दा पनि केही सीप नलागेको र आज उद्धार भएको उनका आफन्तले बताएका छन् ।

दुबईमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउनका लागि प्रत्येक शवको ४ लाख खर्च लाग्छ । प्रसाईको सहयोगमा अहिले १६ वटा शव नेपाल ल्याइएको छ ।

बाँकी १५ वटा शव पनि तुरुन्तै नेपाल ल्याउने उहाँले बताउनुभयो । ती बाहेक दुबईको विभिन्न कारागारमा रहेका नेपालीहरुको हकमा पनि जघन्य अपराधमा संलग्न बाहेकलाई नेपाल ल्याउन उहाँले पहल थालेको बताउनुभएको छ ।