२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाकिस्तानमा जन्ती बोकेको डुंगा दुर्घटना : २३ जनाको मृत्यु, २६ बेपत्ता


494
Shares

एजेन्सी । पाकिस्तानमा जन्ती बोकेको डुंगा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

एक सयभन्दा बढी यात्रु सवार सो डुंगा पाकिस्तानको रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको हो भने २६ जना बेपत्ता भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् । उनीहरुको खोजीका लागि ३५ जना गोताखोर परिचालन गरिएको छ । ५० भन्दा बढीको भने सकुसल उद्धार गरिएको छ ।

क्षमताभन्दा बढी यात्री बोकेका कारण डुंगा डुबेको अनुमान गरिएको छ । पाकिस्तानमा गत सातादेखि भारी बर्षा जारी रहेकाले नदीको तटीय क्षेत्रमा नजान सर्वसाधारणलाई सचेत गरिएको थियो ।