
एजेन्सी । स्पेनमा प्रचण्ड गर्मीका कारण मृत्यु हुनेको संख्या ५ सय १० पुगेको छ ।
स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गर्मीसंगै चलेको तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरूमध्ये ३ सय २१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।
स्पेनको तापक्रम हाल ४५ डिग्री सेल्सियससम्म पुगेको छ । यही जुलाई १० तारिखदेखि शुरु भएको गर्मीका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।
यही जुलाई १० देखि १६ सम्म मात्रै १५० जनाको ज्यान गएको बताइएको छ । स्पेनको तापक्रम बढ्ने भन्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अपनाउन अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्