१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दै


130
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज (बुधबार) बस्ने भएकाे छ।

बुधबार प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने लागेको हो। बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्ने छन्।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको जेष्ठ नगरिक (पहिलो संसोधन) विधेयक,२०७५ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतको कार्यसूची रहेको सचिवालयले जनाएकाे छ।

त्यस्तै, राष्ट्रिय सभकाे बैठक भने दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।