
कैलाली । बझाङमा सेती नदीले सडक कटान गरेपछि ठूला सवारीकाे आवागमन बन्द भएकाे छ ।
नदीमा पानीको बहाव बढेपछि जिल्ला जोडने सडक जयपृथ्वी राजमार्गमा कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा सडक कटान गरेपछि साना सवारीसाधन चले पनि ठूला सवारी बन्द भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सडक बगाउँदा बाहिर जिल्ला जाने र जिल्ला भित्रिने यातायातका साधनहरु रोकिएका छन् । नदीले सडकको अधिकांश भाग कटान गरिसकेको छ । पानीको बहाव बढिरहेकाले सडक अझै कटान हुनसक्ने प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्