२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


दुधौली नगरपालिकामा मुस्कान सहितको फोटोकपी सेवा निःशुल्क


208
Shares

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३ की महिला वडाध्यक्ष भद्राकुमारी माझीले वडामा सेवा लिन आउने सेवाग्राहीहरूलाई मुस्कान सहितकोे सेवा र निःशुल्क फोटोकपी सेवा प्रदान गरी सुविधा पुर्याउनु भएको छ ।

निर्वाचित भएको दुई महिना नबित्दै वडा अध्यक्ष माझीले वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार गरी मुस्कान सहितको सेवा संचालन गरिएपछि वडाका सेवाग्राही समेत लाभान्वित भएका छन् ।

विभिन्न काम काजले वडाकार्यालय सेवा लिन आउने सेवाग्राहीलाई निःशुल्क फोटोकपी सेवा दिन वडा कार्यालयमा भएको फोटोकपी मेसिनलाई प्रयोग गरिएको छ । यसअघि वडा कार्यालय नजिकै फोटोकपी गर्ने मेसिन नहुँदा फोटोकपी गर्न टाढा जानुपर्दा सेवाग्राहीलाई समस्या परेको थियो ।

तर पछिल्लो समयमा वडा कार्यालयमा निःशुल्क फोटो कपी सेवा संचालन गरिएपछि सेवा लिन वडामा पुग्ने सेवाग्राहीहरूलाई अन्यत्र जानुपर्ने झन्झट गरेको छैन् । महिला वडाध्यक्ष भद्राकुमारी माझीले आफ्नो वडा क्षेत्रका वर्षायामको समयमा खहरे नियन्त्रण गरेर बस्ती र खेतीयोग्य जमिन जोगाउने, युवालाई कृषि तथा पशुपालनमा समेत प्रेरित गरी बेरोजगारी कम गराउने कामलाई महत्व दिनुभएको छ ।

उहाँले स्वास्थ्य समस्या तथा अन्य विभिन्न समस्याका कारण वडा कार्यालयसम्म पुगेर सिफारिस लिन नसक्ने सेवाग्राहीको घर आँगनमा पुगेर सिफारिसमा दिने कार्यलाई प्राथमिकतामा राख्नुभएको छ ।