
काठमाडौं । तनहुँको याम्पामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
मंगलबार राति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पामा सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनाएको हो ।
सडक दुईतर्फी रूपमै अवरुद्ध भएको र आज बुधबार बिहानदेखि पहिरो पन्छाउने काम भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।
पहिरो खसेको स्थान आँबु खैरेनीबाट नजिकै भएकाे प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्