१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र मिश्रलाई कोरोना पुष्टि


52
Shares

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ ।

मुख्यमन्त्री पोखरेलको सचिवालयले मंगलबार गरेको पीसीआर परीक्षणबाट उहाँलाई काेरोना संक्रमण पुष्टि भएको जनाएको छ । गत आइतबारदेखि अस्वस्थ भएका पोखरेललाई रुघा लाग्ने र ज्वरो आउने भएको छ । अक्सिजनको अवस्था सामान्य रहेको र उहाँ अहिले सरकारी निवासमै आराम गरिरहेको पनि सचिवालयले जनाएको छ ।

उता, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत आफू दोस्रो पटक संक्रमित भएको जानकारी गराउनुभएकाे हाे । हल्का ज्वरोसहित रुघाखोकी लागेको र लक्षणहरु ६ महिना अघिको काेराेना संक्रमण भएको भन्दा सामान्य रहेको मिश्रले बताउनुभएकाे हाे ।