१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विद्युत सर्ट हुँदा आगलागी, ६ घर जलेर नष्ट


143
Shares

काठमाडौं । झापा गाउँपालिका सिमलडाँगीमा विद्युत सर्ट भई आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।

बुधबार बिहान भएको आगलागीबाट स्थानीय अब्दुल अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएका हुन् ।

अब्दुल करिब अलीको घरमा विद्युत सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्किएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जस्ताको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए ।