
काठमाडौं । परीक्षा दिन आएका छात्रामाथि दुव्र्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् ।
बुधबार मकवानपुर बहुमुखी क्याम्पसबाट बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट लिएर आएको भन्दै दुई कर्मचारीले दुव्र्यवहार गरेको आरोप लगाएका हुन् ।
उनीहरुले ढुङ्गा प्रहार गर्दा क्याम्पसको भवनको सिसा फुटेका छन् । ढुङ्गा प्रहारबाट २ जना प्रहरीसमेत घाइते भएका छन् भने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्