१७ चैत्र २०८१, आइतबार | Mon Mar 31 2025


प्रेमराजा महतको ‘पिपल डाँडे साइँली’ गीत सार्वजनिक


4.056k
Shares

काठमाडौं । गायक प्रेमराजा महतको नयाँ गीत पिपल डाँडे साइँली सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गायक महतलाई गायिका अस्मिता परियारले स्वरमा साथ दिनुभएको छ । गीतको शब्द तथा संगीत पनि स्वयं गायक महतले गर्नुभएको छ । कार्यक्रममा बोल्दै गायक महतले यो गीत ३५ वर्ष अघि रेकर्ड गरेको भएपनि जीवन्त बनाउन अहिले भिडियो बनाएर बजारमा ल्याएको बताउनुभयो ।

उहाँले यसले ३५ वर्षअघिको कला, संस्कृतिको महत्व दर्शाउने बताउनु भयो । त्यस्तै, गायिका परियारले यो गीत लोक गीतको रुपमा आफ्नो पहिलो अनुभव रहेको बताउनु भयो ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ ।