१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अर्काको रुखबाट झरेको पात जम्मा गरेकाले एमाले समाप्त भयो भन्न मिल्दैन : अध्यक्ष ओली


273
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्काको रुखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरुले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्काको रुखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरुले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने बताउनुभयो ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमालेले हा¥यो भनेर गरेको प्रचारको भ्रममा नपर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो । अर्काको रुखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरुले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने बताउनुभयो ।

सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरुको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताउनुभयो । देश बनाउने पार्टीको महान उद्देश्यमा सो गठबन्धन तगारो बनेकाले आगामी निर्वाचनपछि उनीहरुलाई मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको चेतावनीयुक्त भनाई थियो ।

ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी ढिक्का भएर अघि बढने समेत बताउनुभयो । स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीका कार्यकर्ताहरु इमानमा नरहने अवस्था अव नआउने र आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुने उहाँले बताउनुभयो । ओलीले स्थानीय तह निर्वाचनमा जस्तो पार्टीमाथि नै घात नगर्न पनि पार्टीका कार्यकर्तालाई सचेत गराउनुभयो ।

ओलीले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसीरमा हुन नदिने खतरा बढेर गएको आरोप लगाउनुभयो । आगामी मंसीर भित्र दुवै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएपनि त्यसलाई पर सार्ने खतरा सत्तारुढ दलहरुबाटै हुने उहाँको आशंका थियो । ओलीले संविधान अनुसार फागुनमा हुनुपर्ने स्थानीय तह निर्वाचनलाई पनि आफूहरुको प्रयासले मात्रै बैशाख अन्तिममा गराउन सम्भव भएको जिकीर समेत गर्नुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ धकेल्न खोजेको भन्दै आपत्ति समेत जनाउनुभयो ।