१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्दिरा गान्धीको भूमिकामा कंगना देखिएपछि फिल्म नै विवादमा


2.782k
Shares

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत अभिनित फिल्म ‘इमर्जेन्सी’ विवादमा तानिएको छ ।

फिल्मको फस्ट लुक र टिजर सार्वजनिक भएसँगै फिल्म विवादमा तानिएको हो । फिल्ममा कंगना पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिने भएपछि कांग्रेसका नेताहरूले चर्को विरोध गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश कांग्रेस आईको मिडिया विभागकी उपाध्यक्ष संगीता शर्माको बयान पछि विवाद अझै बढेको छ । संगीताले कंगनालाई ‘भाजपा (भारतीय जनता पार्टी)को एजेन्ट’ समेत भनेकी छन् ।

शर्माले कंगनालाई इन्दिरा गान्धीको भूमिका दिएर इन्दिरा गान्धीको छविलाई कलंकित गर्न खोजेको आरोपसमेत लगाएकी छन् । त्यसपछि फिल्मबारे विवाद अझै बढेको छ ।

केहि समयअघि कंगनाले फिल्म ‘इमर्जेन्सी’ इन्दिरा गान्धीको बायोपिक नभएर एउटा राजनीतिक ड्रामा भएको बताएकी थिइन् । कंगना स्वयंले निर्देशन गरेको फिल्मको छायांकन जारी छ ।