
काठमाडौं । भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाली टोली शुक्रबार भारततर्फ जाँदैछ ।
देशभरबाट खुला प्रतिष्पर्धा गराई बनाइएको टोलीबाट नेपालको लक्ष्य उपाधि रहनेछ । सोही कारण कडा मिहेनेत गरेको युवा टोलीले साफमा इतिहास रच्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागिता जनाउँदैछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबी गर्नुभएको छ । कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ खेलाडीको टुङ्गो लगाएका हुन् ।
ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरुले राम्रो नतिजाको लक्ष्यसहित अभ्यासलाई तीव्रता दिइरहेका हुन् । मुख्य लक्ष्य साफ यु–२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ ।
खेलाडी छनोट देखी प्रारम्भिक टोली निमार्णका लागि मिहिनते गरेका मुख्य प्रशिक्षक केसीले खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताउनुभयो ।
प्रशिक्षक केसीले खुला प्रतिष्पर्धाबाट ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए । कोरोना महामारीका कारण समूहका कार्यक्रम नहुँदा अहिलेको यु–२० समूहलाई सहयोगी टोली खुला प्रतिष्पर्धाबाट लिएको थियो ।
छनोट हुँदा केही शहीद स्मारक ए डिभिजन लिग खेलेका अनुभवी खेलाडीसहित बी, सी डिभिजन खेलेको खेलाडीहरूको संयोजन भएको छ । अभ्यास राम्रो भएकाले सहभागिता राम्रो हुने खेलाडीको विश्वास छ ।
जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदैछन् ।
प्रतिक्रिया दिनुहोस्