
काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरु विदेश पलायन हुनु नहुने बताउनुभएको छ ।
बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरुसँग मन्त्री कार्यक्रम अन्तर्गत भएको शहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरु विदेशीनु नहुने बताउनुभएको हो ।
उहाँले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरुको पनि भएको उल्लेख गर्दै सो जिम्मेवारी पूरा गर्न आग्रह पनि गर्नुभयो । मन्त्री चौधरीले शहरी विकास सम्बन्धी नीतिहरु बनाउँदा इन्जिनियरहरुको ज्ञानको पनि उपयोग गरिने बताउनुभयो ।
मन्त्री चौधरीले आगामी दिनमा नयाँ शहरहरु बनाउने भन्दै त्यसको इन्जिनियरिङ गर्ने जिम्मेवारी इन्जिनियरहरुलाई दिएर विदेश जान नपर्ने बनाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्