
हेटौंडा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कांग्रेसका जनप्रतिनिधिहरुको कामको समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।
खड्काले नयाँ निर्वाचित कांग्रेसका जनप्रतिनिधिहरुले गम्भीर र जिम्मेवार भएर जनताको बिस्वास जित्ने काम गर्नुपर्ने सुझाव दिनुभयो ।
उपसभापति खड्काले बुधबार हेटौंडामा नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे यस्तो सुझाव दिनुभएको हो । उहाँले राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी कांग्रेसले जनतासँग जोडिन आत्मसमीक्षा गरी जिम्मेवार ढंगले अघि बढ्नु पर्ने बताउनुभयो ।
यसै गरी नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध््याले जनताको काम गर्न र चुनाव लड्न महिलाहरु सक्षम रहेकाले अबको संघीय तथा प्रदेशको चुनाबमा ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्