
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका– ७ स्थित पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
गल्याङ- ७ पेलाकोटको मानथुम्कमा सिंचाईका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर ४ वर्षीय बालिका सोफिया गुरुङ र ३३ वर्षीया बिन्द्रा गुरुङको मृत्यु भएको हो ।
४ वर्षीया बालिका सोफिया पोखरीमा डुबेपछि उनलाई झिक्न गएकी बिन्द्रा गुरूङको पनि डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
१ लाख लिटर क्षमताको उक्त पोखरी सोही वडाका पूर्व वडा अध्यक्ष रामबीर गुरूङले तरकारी खेतीमा सिंचाईका लागि बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्