७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सोलुखुम्बुमा १ हजार बढी मतदाता थपिए


117
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा १ हजार जना भन्दा बढी मतदाता थपिएका छन् ।

गत असार १ गतेदेखि हालसम्म जिल्लामा थप १ हजार ३ सय ७४ जनाले फोटोसहितको मतदाता नामवलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

साेही अवधिमा जिल्ला निर्वाचन कार्यालय सल्लेरीबाट ३ सय ६८ जना जिल्ला प्रशासन कार्यालय डेक्सबाट ६ सय ४२ जना र इलाका प्रशासन कार्यालय सोताङबाट ३ सय ६४ जनाले नाम दर्ता गराएका हुन् । त्यस्तै, १ सय २२ जनाले मतदान केन्द्र सार्न र १९ जनाले त्रुटी सच्याउन निवेदन दिएका छन् ।

यसगरी हालसम्म जिल्लामा कुल मतदाताको संख्या ८१ हजार ३ सय ९३ जना पुगेको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले गत असार १ गतेबाट आगामी संघ तथा प्रदेश निर्वाचनको मिति घोषणा नभएसम्मका लागि फोटोसहितको मतदाता नामवली दर्ता खुला गरेको छ ।