१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एन्फा कार्यसमितिकाे बैठक स्थगित


78
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ ।

ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए । एन्फा मुख्यालयमा बिहान ७ बजे बैठक बस्ने भनिएपनि बैठक ढिलो गरि सुरु भएको हो । ढिलो गरी सुरु भएको बैठक एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले जानकारी दिनुभयो ।

पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक बाेलाइएकाे हो । यसअघि गत सोमवारका लागि तय भएकोसो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो । निर्वाचनपछि भएको शपथग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचीत परेको नयाँ नेतृत्तवको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि छलफल भने भागबण्डामै केन्द्रित हुने निश्चित रहेकाे छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ), तीन सहमहासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने जनाइएकाे छ । चुनावमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिष्पर्धामा उत्रिएका थिए । साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुनेको थियो ।