१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


चिनियाँ मिडियाले गल्ती सच्यायोः ‘सगरमाथा नेपाल–चीन सीमा’


0
Shares

काठमाडौं, बैशाख २८ । सगरमाथा चीनमा रहेको दाबी गरेको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले यसअघिको आफ्नो भनाइ सच्याएको छ ।

सगरमाथा चीनमा रहेको भन्दै यसअघि गरेको ट्वीट सच्याउँदै चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले भनेको छ, ‘सगरमाथा नेपाल–चीनको सीमामा छ ।’

अघिल्लो ट्वीट सच्याउँदै चाइना ग्लोबल टेलिभिजन नेटवर्कले नयाँ ट्वीटमा भनिएको छ,‘नेपाल–चीन सीमामा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा १ मेको शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’

 

यसअघि २ मेमा सीजीटीएनले भनेको थियो, ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’