१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


प्रहरीलाई हातपात गर्ने चिनियाँलाई दश दिन थुनामा राख्न अनुमति


0
Shares

काठमाडौं, बैशाख २८ । प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

स्वदेश फिर्ता जान पाउनुपर्ने माग गर्दै निषेधित क्षेत्र सिंहदरबार गेटमा प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच गत शुक्रबार झडप भएको थियो ।

लकडाउनको समयमा निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिकलाई रोक्न खोज्दा उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।

झडपमा डीएसपीसहित दुई प्रहरी घाइते भएका थिए भने चिनियाँ नागरिक पनि घाइते भएका थिए ।