२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीलंकाका राष्ट्रपतिले लिए सपथ


247
Shares

एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् ।

६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्या समक्ष सपथ लिए । श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरु नयाँ राष्ट्रपतिको सपथ ग्रहण समरोहमा सरिक भएका थिए ।

यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।