२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको छ : देव गुरुङ


962
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हालै परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त गर्नुभयो ।

सांसद गुरुङले परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षहरुसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने अभिव्यक्ति दुखद् रहेको बताउनुभयो ।

उहाँले परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रीपरिषद्को निर्णय विपरित् भएको बताउनुभयो । उहाँले अविलम्व एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गर्नुभयो । सांसद गुरुङले म्युचिएल डिफेन्स क्रिटी, स्टाटेजी डिफेन्स प्याक्ट, स्टाटस अफ फोर्स एग्रिमेण्ट सोफा लगायतका नामबाट एसपीपी सम्झौता गर्ने कुरा भइरहेको बताउनुभयो ।

सांसद गुरुङले एसपीपी सम्झौता पिस कोअप्रेशन एग्रिमेण्ट भनेर शीर्षक राखेर एसपीपी सम्झौता गर्ने प्रयास भइरहेको बताउनुभयो ।