१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनीको मायादेवी मन्दिरमा रहेको स्वयम्भू चैत्यको मर्मत सुरू


156
Shares

काठमाडौं । तथागत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको मर्मत सम्भार सुरू भएको छ ।

मन्दिरको छानोमा रहेको स्वयम्भू चैत्यको गजुरबाट मर्मत सम्भार थालिएको हो । सुनको मोलम्बा लगाइएको स्वयम्भू चैत्यको १३ वटा त्रयोदशी भुवन र हर्मिकको नापतौल गरी मर्मत गरिएको हो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले मायादेवी मन्दिरको मर्मत सम्भार केही महिनापछि थाल्ने जानकारी लिनुभयो ।

इशापूर्व ६२३ मा माता मायादेवीको कोखबाट भगवान गौतम बुद्धको जन्म भएको प्रमाण स्मारकशिला र नवजात भगवान बुद्ध सहितको मायादेवीको मूर्र्ति मन्दिरभित्र रहेको छ ।

लुम्बिनी बगैंचा क्षेत्र सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको थियो । केही समयअघि देखि मन्दिरभित्र पानी चुहिन थालेको थियो ।