
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कटुरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरिएको छ ।
बिहीबार एक कार्यक्रम गरी स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरिएको हो ।
टाटा ग्रीन ब्याट्री टाटा अटोकम्प जिवाई ब्याट्री कम्पनीले उत्पादन गर्छ । यो कम्पनी भारतको अटोमोटिभ र दुई वाट ब्याट्री उत्पादक मध्ये एक हो ।
स्याकार कम्पनीले विगत ५५ वर्षदेखि नेपालमा होण्डाका दुई पाङ्ग्रे, चार पाङ्ग्रे, पावर प्रोडक्टस्को नेपालमा बिक्री–वितरण गर्दै आएको छ । यसले एक सय ५० भन्दा बढी डिलर्सबाट सेवा दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्