७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राजस्व छलेर सामान बिक्री गर्ने एक जना पक्राउ


1.56k
Shares

काठमाडौं । राजस्व छलेर भारतबाट सामान बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले चाबहिलबाट ४० वर्षीय नवराज शर्मा भन्ने छविलाल अगस्तीलाई नियन्त्रणमा लिएको हो ।

उनले भारतबाट राजस्व छली गरेर चुरोट, गुट्खा, मोटरसाइकलका विभिन्न पार्ट्सहरुसहित विभिन्न सामानहरु ल्याएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

अगस्तीले काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल नजिकै कोठा भाडामा लिएर श्रीमतीको नाममा श्रीजल एण्ड सुजता ट्रेडिङ कन्सर्न प्रालिबाट कारोबार गर्ने गरेको खुलेको छ ।

प्रहरीले कोठाबाट एक करोड रुपेयाँ बराबरको सामान समेत बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।