
फाइल तस्बिर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद खनालले एसपीपी लिन्न भनेर मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो भन्दै प्रशन गर्नुभयो ।
उहाँले देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? भन्दै प्रश्नसमेत गर्नुभयो । सांसद खनालले एसपीपीको बारेमा अमेकिरालाई पत्र तत्काल लेखेर जनताको भावनाको कदर गर्न आग्रह गर्नुभयो ।
सांसद खनालले नेपालमा अहिले धेरै समस्याहरु गम्भीर बन्दै गएकोले तत्काल समाधान गर्ने बाटोमा सरकार जानुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्