
web pic
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चुम्लिङटारमा बस र माइक्रो एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।
बिहीबार काठमाडौंबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको माइक्रो इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएका हुन् ।
दुबै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने माइक्रो बसका चालक घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्