२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मानेलाई ‘अफ्रिकन फुटबलर अफ एयर’ अवार्ड


403
Shares

काठमाडौं । सेनेगलका खेलाडी सादियो माने यस वर्षको ‘अफ्रिकन फुटबलर अफ द एयर’ घोषित भएका छन् ।

मोरक्कोको राजधानी राबटमा बिहीबार राति एक भव्य समारोहका बीच मानेलाई अवार्ड दिईएको हो ।

भर्खरै मात्रै जर्मन फुटबल क्लब बायर्न म्युनिखमा आवद्ध भएका मानेले गत वर्ष आफ्नो मुलुक सेनेगल र तत्कालिन क्लब लिभरपुलबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मानेले ‘अफ्रिकन फुटबलर अफ द एयर अवार्ड’ को उपाधि जितेको यो लगातार दोस्रो वर्ष हो । मानेले आफ्नै टोली लिभरपुलका समकक्षी मोहम्मद सालाह तथा चेल्सीका गोरक्षक इडुवार्ड मेन्डीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

कोरोना महामारीले तीन वर्ष रोकिएको अवार्ड सन् २०१९ पछि पहिलो पटक वितरण गरिएको हो ।

यसैगरी, महिलातर्फ नाइजेरियाकी असिसात ओशोलाले लगातार दोस्रो पटक यो अवार्ड जितेकी छिन् ।

अवार्ड विजेताहरु :
वर्ष खेलाडी (पुरुष) – साडियो माने (सेनेगल र लिभरपुल/बायर्न म्युनिख)
वर्ष खेलाडी (महिला) – एसिसात ओशोला (नाइजेरिया र बार्सिलोना)
वर्ष उत्कृष्ट प्रशिक्षक (पुरुष) – एलिउ सिसे (सेनेगल)
वर्ष उत्कृष्ट प्रशिक्षक (महिला) – डेसेरी एलिस (दक्षिण अफ्रिका)
टिम अफ दि इयर (पुरुष) – सेनेगल
वर्ष युवा खेलाडी (महिला) – एभलिन बाडु (घाना र सेकोन्डी हसाकास/अल्भाल्ड्सनेस)
वर्ष युवा खेलाडी (पुरुष) – पापे माटर सार (सेनेगल र टोटेनहम)
वर्षको उत्कृष्ट क्लब (महिला) – मामेलोडी सन्डाउन्स (दक्षिण अफ्रिका)
वर्षको उत्कृष्ट क्लब (पुरुष) – वाइडाड एथलेटिक क्लब (मोरक्को)
इन्टर क्लब प्लेयर अफ द इयर (महिला) – एभलिन बाडु (घाना र सेकोन्डी हसाकास/अल्भाल्डनेस)
इन्टर क्लब प्लेयर अफ द इयर (पुरुष) – मोहम्मद एल शेनावी (इजिप्ट र अल अहली)।
वर्षको गोल – पापे उस्माने साखो (सेनेगल र सिम्बा)