
काठमाडौं । अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग प्रिपेमेन्ट प्रवर्द्धन सम्झौता गरेको छ ।
यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीले हस्ताक्षर गर्नु भएको छ ।
दराजमा किनमेल गर्दा आफ्नो अर्डरका लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिएको जनाएका छन् ।
ग्राहकहरूलाई डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्दै आएको दराजले बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्