१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतबाट नेपाल भित्रिनेमा कोरोना संक्रमण बढ्दै


117
Shares

कपिलवस्तु । भारतबाट नेपाल भित्रिने व्यक्तिहरूमा कोरोना संक्रमण बढ्दै गएको छ ।

भारतको पञ्जाबबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरूमा कोरोना संक्रमण बढी देखिएको कृष्णनगर हेल्पडेस्कले जनाएको छ ।

कृष्णनगर नाकाबाट नेपाल भित्रिने मानिसमा दुई महिनाभित्र ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोजेटिभ देखिने ७८ जनालाई एन्टिजोन परिक्षण गरिएको थियो ।

गत जेठ महिनामा ११ जना, असारमा ४७ र साउन ५ गतेसम्ममा २० जनालाई कोरोना संक्रमण भएको जनाइएको छ ।