२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


सिन्धुलीको फिक्कल गाउँपालिकामा राष्ट्रिय गानबाट दैनिक सेवा सुरू


104
Shares

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले गाउँपालिका कार्यालय र मातहतका सबै वडा कार्यालयहरूमा बिहान राष्ट्रिय गानबाट सेवा सुरू गर्दै आएको छ ।

पालिकाका जनप्रतिनिधिहरू सहित सबै कर्मचारीहरू समयमै कार्यालय उपस्थित भइ राष्ट्रिय गानबाट सेवा सुरू गर्ने गरिएको हो ।

दैनिक सेवा सुरू गर्नुअघि देश र जनताप्रति उत्तरदायी हुन तथा राष्ट्रप्रतिको प्रेमभाव बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरू गर्दै आएको गाउँपालिका अध्यक्ष पार्बती सुनुवारले बताउनुभयो ।

सो गाउपालिकाको कार्यालयमाबिहानको ठिक १० बजे राष्ट्रिय गान बज्ने गरी प्रविधि जडान गरिएको र उक्त समयमा कर्मचारीहरु पनि राष्ट्रिय गानमा सरिक हुनुपर्ने गरी कार्य थालिएको समेत उहाँले बताउनुभयो ।

राष्ट्रिय गानको धुनसँगै जनप्रतिनिधि, कर्मचारी र उपस्थित सेवग्राहीहरुसमेत सबै राष्ट्रिय गानमा सहभागी हुने गरेका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भै आएका नवनिर्वाचित जनप्रतिनिधिहरुको टिमले राष्ट्रिय गानबाट सेवा सुरु गरेपछि गाउँपालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राही र कर्मचारीहरुमा असल नागरिकको कर्तव्य बोध हुने, राष्ट्रप्रतिको भावना बढ्ने पालिकाका कर्मचारीहरुले बताएका छन् ।