
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एशियामा सवल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गर्नुभएको छ ।
शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपाल श्रीलंकाको बाटो नगएको दाबी गर्नुभयो ।
उहाँले नेपालको अर्थतन्त्रमा केही समस्या रहेपनि श्रीलंका पथ्मा नेपाल नरहेको बताउनुभयो । उहाँले आगामी १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गरेर अघि बढ्ने बताउनुभयो ।
मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध रहेको पनि दाबी गर्नुभयो । उहाँले सरकार दक्षिण एशियामा नै प्रेस स्वतन्त्रताको अग्रणि देशको रुपमा नेपाललाई स्थापित गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्