
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसका संस्थापक तथा पूर्व सभापति वि.पि. कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताउनुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज वि.पि. कोइरालाको स्मृति दिवस भएको र विपी नेपालको पहिलो संसदको नेता भएकाले उहाँलाई संसदले स्मरण गर्नुपर्ने बताउनुभएको हो ।
वि.पि.ले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दापनि नेपाली जनतालाई केन्द्रमा राखेको उहाँले बताउनुभयो । सांसद रिजालले कोईरालाले नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभएको स्मरण गर्नुभयो ।
सांसद रिजालले वि.पि. कोइरालाका समकालिन नेताहरु सुवर्ण समशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुले समेत वि.पि. कोईरालालाई उच्च सम्मान गर्ने गरेको प्रशंग उठाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्