१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले झुटो बोले : रामचन्द्र पौडेल


1.014k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले झुटो बोलेको बताउनुभएको छ ।

नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सार्वजनिक कार्यक्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले लेखेको भन्ने कुरा झुटो रहेको दाबी गर्नुभयो ।

शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत असार २४ गते एक सार्वजनिक कार्यक्रममा २०६३ सालको बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले ड्राफ्ट गरेको दाबी गरेको उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले यस्ता गलत सूचनाहरु हुन नदिन सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने बतउनुभयो । उहाँले ओलीले नाटकीय रुपमा फलानो रुखमुनि बसेर सम्बोधन ड्राफ्ट गरेको भनेपनि त्यसबेला ओली कुनै आन्दोलनमै नरहेको दाबी गर्नुभयो । गलत सूचना दिएर जनतालाई दोधारमा पारिएको र कांग्रेसलाई मिस अण्डरस्ट्याण्डिङको शिकार बनाउन खोजिएको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय शक्तिहरु र नेपालका कम्युनिष्टहरु एकतावद्ध भइ नेपाली कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले गठबन्धन आजको आवश्यतका भएपनि आगामी चुनावमा कम्युनिष्टहरु एक ठाउँमा उभिएर कांग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गर्नुभयो । उहाँले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले माओवादी, एकीकृत समाजवादी लगायतका कम्युनिष्ट दलहरु कम्युनिष्ट एकता गरेर अघि बढ्ने योजनामा रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले पार्टीभित्रको आन्तरिक एकतालाई विशेष जोड दिएर जान जरुरी रहेको बताउनुभयो ।