
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुमार थापालाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त नियुक्त गरेको छ ।
एन्फाले प्रशिक्षक थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
अनुभवी प्रशिक्षक थापाले गत संस्करणको ‘ए’ डिभिजन लिगमा एपीएफ क्लब सम्हालेका थिए । थापाले यसअघि पनि महिला टोली सम्हालिसकेका छन् ।
यस्तै, एन्फाले वृन्दा देवानलाई महिला टोलीको टिम म्यानेजर नियुक्त गरिएको जनाएको छ । एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुने छ ।
यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो ।
नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्