
एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले हालै पेपर म्यागजिनको नयाँ कभरको लागि न्युड फोटोसुट गराएका छन् ।
‘न्युड’ फोटो सुटमा रणवीर कार्पेटमा विभिन्न स्टाइलमा पोज दिइरहेका छन् । केही तस्विरमा रणवीर सुतिरहेका छन् भने केही तस्विरमा उभिएर पोज दिइरहेका छन् । जसका कारण बलिउड अहिले तरंगित बनेको छ ।
उक्त म्यागजिनलाई दिएको अन्तर्वार्तामा रणवीरले आफ्नो फिल्म र फेसनको बारेमा कुरा पनि गरेका छन् ।
यसअघिको एक अन्तर्वार्तामा रणवीरले भनेका थिए, ‘शारीरिक रुपमा नग्न हुन मेरो लागि धेरै सजिलो छ । म हजारौं मानिसहरूका अगाडि मेरा सबै लुगाहरू खोल्न सक्छु । मलाई कुनै आपत्ति छैन, तर त्यहाँका मानिसहरूलाई अलि असहज हुनसक्छ त्यो उहाँहरूको समस्या हो ।’
उक्त फोटोसुटलाई लिएर सामाजिक सञ्जालमा रणवीरको खिल्ली उडाइरहेका छन् । ड्रेसिङ स्टाइलका कारण चर्चा तथा ट्रोल भइरहने रणवीर सिहं यतिबेला भने ‘न्यूड’ फोटो सुटका कारण चर्चामा आएका छन् ।
भारतमा उनका ति तस्बिर राम्रो की नराम्रो भन्ने विषयमा ठूलै बहस सुरू भएको छ ।
उनको तस्बिरपछि अभिनेत्री मिमी चक्रवर्तीले ट्वीटरमा फ्यानहरुलाई लैङ्गिक समानताको बारेमा सोधेकी छिन् । अभिनेत्रीले लेखेकी छिन्, ‘रणवीर सिंहको पछिल्लो फोटोसुट इन्टरनेटमा निकै भाइरल भइरहेको छ र धेरै मानिसहरूले अभिनेताको तारिफ गरिरहेका छन् । म सोचिरहेकी थिए कि यदि उनी महिला भएको भए पनि उनको पनि यस्तै प्रशंसा हुने थियो ?’
यस्ता प्रशनहरू अहिले रणवीर माथि उठिरहेका छन् । साथै उनी विभिन्न ट्रोलको पनि सिकार भएका छन् ।
प्रतिक्रिया दिनुहोस्