
फाइल तस्वीर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमती गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भिर प्रश्नहरु रहेको भन्दै राष्ट्रिय सहमती हुनु अत्यावश्यक रहेको बताउनुभयो । उहाँले ऐन बनाउँदा कुनै कमजोरी हुनु नहुने पनि बताउनुभयो ।
उहाँले नागरिकता सम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमती रहेको उल्लेख गर्दै विवादको बीचमा पारित हुने खतरा रहेको बताउनुभयो । खनालले सो विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको औँल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्