२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आमाको नामबाट नागरिकता दिने विषयमा सर्त तेर्स्याइनु गलत : बाबुराम भट्टराई


234
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनुभयो ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरु तेस्र्साइनु गलत भएको बताउनुभयो । आमाको नाममा निःशर्त नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले नागरिकता सम्बन्धी विधेयक अपूर्ण रहेको टिप्पणी गर्नुभयो ।