१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


थप एक जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या १२१ पुग्याे


0
Shares

काठमाडौं । नेपालमा थप एक जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । 

याेसँगै संक्रमितकाे संख्या १२१ पुगेकाे छ । संक्रमित सप्तरी डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय पुरूष रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा संक्रमणकाे पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीले जानकारी दिए ।

यसअघि आजै बिहान १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीले जानकारी दिएका थिए ।

उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि गाउँपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष छन् ।

हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ ।