
कैलाली । सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँ सहित सशस्त्र प्रहरीको केन्द्रीय ब्युरो टोलिले दुई जनालाई पक्राउ गरेको हो ।
आज बिहान साढे ५ बजेको समयमा सशस्त्र प्रहरीको ब्युरो टोलीले सो रकम सहित धनगढी उपमहानगरपालिका–१ शान्तिटोलका १७ वर्षीय विबेक चन्द र सोही ठाउँका १८ वर्षीय सरोज धामीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीले जनाएको छ ।
यस बारेमा थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्