१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१० वर्षमा धनकुटाका ४६ हजार जनाले लिए श्रम स्वीकृति


78
Shares

धनकुटा । वैदेशिक रोजगारीका लागि १० वर्षमा धनकुटाका ४६ हजार ५ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।

यो संख्या धनकुटा जिल्लाको कुल जनसंख्याको २८ प्रतिशत रहेको आप्रवासी केन्द्र धनकुटाले जनाएको छ । विदेशिने मध्ये झण्डै ८० प्रतिशत मलेसिया र मध्यपूर्वका विभिन्न मुुलुक पुुगेको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।

कतार साउदी अरब, कुबेत, बहराइनलगायतका देशमा गएका श्रमीकहररुले पठाएको ७९ प्रतिशत हिस्सा घरायसी उपभोगमा खर्च हुने गरेको पाइएको छ ।