
काठमाडौं । धनगढीको सेती प्रादेशिक अस्पताल नजिकबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ६७० भारु रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिनगर बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल ३४ नं गणका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बलको इन्टिलीजेन्स ब्युरोको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो । स्रोत नखुलेको सो रुपैयाँसहित शनिबार बिहान साढे ५ बजे साइकलमा धनगढीको चौराहतिर जाँदै गरेको अवस्थामा अस्पताल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त रकमबारे थप छानविनका लागि नगदसहित दुबै जनालाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्